आस्थाका धरोहरहरु
धमिरा लागेको दलिन झैँ मक्किदा,
विश्वासका आधारहरु
एक-एकगरि ढल्नैलाग्दा,
आफ्ना मूल्यहरू
आफ्नै लागि मूल्यहीन हुनलाग्दा,
मौलिक मान्यताहरु
फगत सिद्ध हुनखोज्दा,
यहाँ भावनाको कुनै अर्थ छैन,
किनकी यो यहाँ बुझिदैन |
मानवीय संवेदना त किन चाहियो,
जुन उहिलै मृत भैसक्यो |
भ्रममा नपर,
तिमि मान्छेको हैन यन्त्रको संसारमा छौ |
अब तिमी आफै भन,
किन म निर्जिवता भित्र सजीवता खोज्ने धृष्टता गरौं ?
किन म निर्जिवता भित्र सजीवता खोज्ने धृष्टता गरौं ?
- प्रवल
पर्थ, अस्ट्रेलिया
२७ अगष्ट २०११
यो मेरो सानो कविता यान्त्रिक जीवन प्रतिको मेरो झटारोको रुपमा बुझ्नु हुने छ भन्ने आशा गरको छु |
ReplyDeleteम कुनै सिद्ध हस्त कबि हैन, फुर्सदका बेला केहि लेख्न मन पराउने, केहि लेख्न कोसिश गर्ने साहित्य अनुरागीको रुपमा बुझे अझ बेश !
यहाँहरुका रचनात्मक टिप्पणी / सुझावको प्रतिक्षा सहित ...!