Friday, September 11, 2009

प्रसँग "साइकल" को

केही साता अगाडिकादिनहरुमा लगातारको नेपाल बन्दको कारणले प्रसंगवस चर्चा पाएको वातावरण मैत्री सवारी साधन साइकाल बारे जुन २८, २००८ को कान्तिपुरमा “ठाउँ छैन साइकल लाई” अनि केहि दिन अघि एक पाठकको साइकल यत्रालाई जोड दिनुपर्ने सम्वन्धि प्रतिक्रिया तथा त्यस पछिका अन्य समाचार पढेपछि मलाई पनि केहि लेखी आफ्ना अनुभव साट्न मन लाग्यो । सोही क्रममा दुर्लभ समय निकाली योे सानो लेख तयारगरी अनुभव साट्ने उद्देश्यले उक्त पत्रिका तथा सम्पादक लाई इमेल लेखी प्रषित गरे तर हप्तौं भयो छपेन सायद विभाजनको संघार पुगेको पत्रिकालाई त्यो हेर्ने फुर्सद भएन र प्रकाशित गर्न नसक्ने भए सो को जानकारी समेत नदिएर उसको अव्यवशायिकता समेत देखायो । आज सोही लेख यो ब्लगमा प्रेशित गर्दैछु । लेख्ने रहर पहिलादेखिकै हो, पहिला केहि लेखियो पनि तर अहिले अध्ययनार्थ प्रवाशीहुँदा आफ्नै काम विशेषले समय निकाल्न अलि कठिन नै पर्ने रहेछ । आमूल राजनीतिक परिवर्तन पछि पनि कुनै परिवर्तन नआएको नेपाल वन्दको नाममा सारा शैक्षिक संस्था, उद्योग, कलकारखाना र यातायात वन्द गरी केवल सर्वसाधरण जनतालाई थप प्रतडित गर्ने प्रवृति देख्दा निकै दुख लाग्यो । जनताकै मुक्तिको लागि, जनताकै हितको लागि सँघर्ष गर्छौै भन्नेले किन आमजनतालाई नै थप कष्ट दिइरहन्छन विभिन्न बन्दको नाममा ? यो बुभm्न गाहे छ । यो लेख पठाउदा सम्म पनि नेपालमा बन्द जन्य क्रियाकलाप जारी रहेको यही ब्लग बाट थाहाहु
न्छ आफ्नो राष्ट्रभाषा तथा मातृभाषा भन्दा बढि छिमेकी मुलुकको भाषा प्रिय लागी उपराष्ट्रपतिको सपथ समेत स्वाभीमानी नेपालीलाई नपच्ने हिन्दी भाषामा खाएका, विवादास्पद छवि बोकेका झा महोदयका कारण । प्रसङ्ग “साइकल” को हो , तर यो सानो उदाहरणले मलाई धेरै पक्षहरु प्रति सोच्न बाध्य बनायो । तराइ बसाइको क्रममा सामान्य मानी साइकल चढने मेरो सोच अध्ययनकै क्रममा काठमाण्डौं आएपछि भए गाडी नभए कम्तिमा वाइक त चढनै पर्छ, हे साइकल के चढने ?! भन्ने आम सोचतर्फ परिवर्तन भयो । यसमा अनेकौं मनोविज्ञानले काम गरेको हुन सक्छ । तर अहिले मेलवर्न÷पर्थ(अस्ट्रेलिया) जस्ता विश्वस्तरका सहरहरुको बसाइको अनुभवले मेरो पुरानो मनोविज्ञान केवल सतही सावित गरिदियो । याहाँका हरेक जसो फराकिला सडकमा अनिवार्यझै लाग्ने साइकल ट्रयाक अनि तिनमा साइकल चढेर आरामले गुडिरहेका सर्वसाधरणले केवल आफ्नो स्वास्थ सवल मात्र नवनाइ आफ्नो गहिरो वातावरण मैत्री भावना देखाएजस्तो लाग्यो । र अप्रतक्ष्य रुपमा गाडीमा हुइकिएकाहरुलाई प्रदुषण बढाएकोमा हिनताबोध गराएजस्तो लाग्यो । याहाँका हरेक प्रान्तीय सरकारको सडक योजनामा प्राथमिक प्राप्त साइकल मैत्री सडक हरेक सहर र वस्तीमा अनिवार्य झै लाग्छन । र यस्ता साइकल मैत्री सडक बनाएकोमा यिनिहरु गर्व गर्न पनि पछि पर्दैनन्, जस बाट सर्वसाधरण साइकल प्रति थप उत्तप्ररित देखिन्छन् । सडकमा पाँच वर्षको छोरो, सात वर्षकीछोरी अनि बावु आमा आ आपm्नै साइकलमा सयर गर्दै हासी खुसीसाथ हिडेका दृष्य सामान्य हुन । विश्वकै छैटौं उत्तकृष्ट जीवन शैली अपनाएका अष्ट्रेलियालीहरु गाडी किन्न नसकेर होइन वातावरण प्रतिको सचेतना, जलवायु परिवर्तन सम्वन्धी चिन्ता अनि आफ्नै स्वस्थ शरिरप्रतिको मोहले अत्यावश्यक अवस्था वाहेक गाडीलाई घरमै थनकाइ उनीहरु साइकल प्रति आकर्षित भएका हुनसक्छन् । राज्य सरकारले हरेक ट्रेन स्टेशनमा ब्यवस्था गरेको निशुल्क साइकल पार्किङ्ग तथा लकरको व्यवस्थाले राज्यको साइकल मैत्री भावना अझ उजागर गरेको छ । हुनत विश्वमै सर्वाधिक २६% नागरिक
हरु मटोपनको समस्याले ग्रसित भएको यो मुलुकमा यो एउटा उत्तम उपाए पनि हुन सक्छ स्वस्थ रहनका लागि । तर यस बाट हाम्रो जस्तो मुलुकले वातावरण विद भूषण तुलाधरका अनुसार साइकलको प्रचुर सम्भावना भएको राजधानी काठमाण्डौ उपत्यकाक्षेत्रमा हाललाई केही गृहकार्य गरी यसका लागि केही कदम चाल्न सके वातावरण प्रति त योगदान हुन्छ नै साथै आकाशिएको पेट्र«ोलीयम पदार्थको मूल्य तथा यसको भारत प्रतिको हाम्रो निर्भरतामा पनि केही कमी आउने थियो । सरकार कहिले बनाउने, को प्रधानमन्त्री बन्ने, को को मन्त्री बन्ने लगायत तमाम मुद्धामा सम्पुर्ण राजनीतिकदलहरु केन्द्रित भएकाबेला यस्ताकुरा निरर्थक लाग्न सक्छ तर यस्तै कमजोरीले नै हामीलाई सधै पछाडी पारेको छ । दीर्घकािलन फाइदा हुने आम जनतालाई सुविस्थाहुने कुराहरु हाम्रा नेतृत्व वर्गका प्रथमिकतामा पर्दैनन् । अनि कसरी बन्छ जनता प्रति उत्तरदायी सरकार ? सत्ता दाउपेचकै फोहोरी खेल मनपराउने हाम्रा नेतृत्ववर्ग तथा अन्य संघ संगठन यदि साच्चीकै जनताका लागि त्याग गर्छन भने विभिन्न सस्ता बन्द आयोजना गरी आपm्नो लाछीपनको प्रदर्शन गर्नुभन्दा
जनताको भलाइ र सुविस्थाको लागि विश्वकै टाउको दुखाइको विषय बनेको पेट्रोलीयम पदार्थको मूल्य बृद्धि, खाद्दान्नको आकाशिदो मूल्य तथा जनतालाइ कसरी अल्पकालिन अनि दीर्घकालिन राहत दिने
जस्ता तमाम मुद्धामा ध्यान केन्द्रीत गरी साच्चीकै अर्थिक रुपान्तरणको माध्यम बाट मुलुकलाई सवल एवं सक्षम बनाउने तिर ध्यानदिई आफ्नो बहादुरी देखाउने बेला अएनर अव ?

प्रवल
पर्थ, अष्ट्रेलिया
yourprabal@gmail.com

जुलाई २००८

No comments:

Post a Comment