Friday, September 11, 2009

“तिम्रो आगमनले ...”


तिम्रो आगमनले ,

निरस जिन्दगीमा केही खुशीको बहार आउँदा,

शुष्क ति हरेक पलमा एकाएक उमङ्ग छाऊदा ,

घामको पहिलो झुल्काले हिमालमा लाली पोतिदा ,

अध्याराबादल चिर्दै रबि आकाशमा हाँस्दा ,

उदास जिन्दगीमा एकाएक खुशीको रक्तसन्चर हुँदै

उराठ ति पल एकाएक रोमान्चित बन्दै

सधैं मलिन लाग्ने यो मनको बगैचामा रंगिचँगी फुल फुल्दै

अर्थहिन लाग्ने ति फुल नियाल्न आज भमरा बन्न मन लाग्दै छ।

तिम्रो आगमनले ,

उजाड देखिने यो जिन्दगीमा कोइलिले आज प्रेम गीत गाउदा ,

पत्झड झै देखिने यो मनको वागमा आज मयुरहरु नाच्दा,

बन्द पिँजडमा पनि परेवका प्रेमलाप देख्दा,

रापिलो दिनमा पनि ति ढुकुरका प्रेमभाब महशुश गर्दा ,

मलाई पनि मायालु भाबले तिमीलाई चुम्न मन लाग्दै

साचै किन प्रिये ,

मलाई तिमी भित्र हराउन मनलाग्दै छ।

रचना : 'प्रबल'

पर्थ, अष्ट्रेलिया

१५ अक्टोबर , २००८

No comments:

Post a Comment