त्यो अतित,
ति नीरस क्षण
ति अध्यारा रात
छिचोल्न त थियो नै
जति नै अप्रिय भएपनि
जति नै निस्पट भएपनि |
.......
![]() |
आज यो क्षण,
कति रंगिन
कति मधुर
कति चंचल
थाहा छ किन ?
किनकी
यहाँ तिमि छौ , यहाँ म छु |
.....
ढुकढुकी बढे बढोस
समय रोकिए रोकियोस
म मातिदै छु, म उद्धत छु -
सबै सीमा तोड्न
केवल तिमीमा हराउन
कृपया मलाई नरोक |
रचना : प्रवल
पर्थ, पश्चिमी अस्ट्रेलिया
२ सेप्टेम्बेर २०१२
No comments:
Post a Comment