
तिम्रो आगमनले ,
निरस जिन्दगीमा केही खुशीको बहार आउँदा,
शुष्क ति हरेक पलमा एकाएक उमङ्ग छाऊदा ,
घामको पहिलो झुल्काले हिमालमा लाली पोतिदा ,
अध्याराबादल चिर्दै रबि आकाशमा हाँस्दा ,
उदास जिन्दगीमा एकाएक खुशीको रक्तसन्चर हुँदै छ ।
उराठ ति पल एकाएक रोमान्चित बन्दै छ ।
सधैं मलिन लाग्ने यो मनको बगैचामा रंगिचँगी फुल फुल्दै छ ।
अर्थहिन लाग्ने ति फुल नियाल्न आज भमरा बन्न मन लाग्दै छ।
तिम्रो आगमनले ,
उजाड देखिने यो जिन्दगीमा कोइलिले आज प्रेम गीत गाउदा ,
पत्झड झै देखिने यो मनको वागमा आज मयुरहरु नाच्दा,
बन्द पिँजडमा पनि परेवका प्रेमलाप देख्दा,
रापिलो दिनमा पनि ति ढुकुरका प्रेमभाब महशुश गर्दा ,
मलाई पनि मायालु भाबले तिमीलाई चुम्न मन लाग्दै छ ।
साचै किन प्रिये ,
मलाई तिमी भित्र हराउन मनलाग्दै छ। २
रचना : 'प्रबल'
पर्थ, अष्ट्रेलिया
१५ अक्टोबर , २००८
No comments:
Post a Comment