आज पनि बाटो हिड्दा त्यो रुख त्यही छ ।
यो शिशिरे तुशारोले पुरै नाँगिएर जिंग्रिङ छ ।
जीबितै छ या मृत छुट्याउन गाह्रो छ ।
नजीक बाट नियाले,
मसिना हरिया टुसाले रुखमा साश रहेको सँकेत दियो ।
धुकु धुकु साश रखी शायद उ बसन्तको पर्खाइमा थियो ।
भबिस्यका कयौं शुखद सपनाहरु शायद उ उन्दै थियो ।
...
नाङ्गिएको उस्को त्यो तन -
हरिया पलुवाले झपक्क ढकिने छ ।
रङिबिरङी फूलले धपक्क छोपिने छ ।
लटरम्म फलले भरिने छ ।
अनी त उस्ले अफु हुनुको आस्तित्व पुश्टि गर्ने छ -
शीतल छहरी दिएर,
सुगन्ध बास्ना छरेर,
मिठा फल पस्किएर,
तर
यदि उस्ले प्रतिक्षा गरेको त्यो बसन्त आएन भने,
न उस्मा हरियाली छाउने छ,
न उस्ले सुगन्ध छर्ने छ,
न उस्ले मीठा फल पस्किने छ,
अन्तत न उस्ले उस्को अस्तित्त्व पुश्टी नै गर्नेछ ।
मन कुडिन्छ , अनी फेरि सोच्दछु ...
एसरी उ निरश हुदो हो त -
उ कहिले मरिसक्थ्यो,
उ कहिले ढलिसक्थ्यो,
त्यही एउटा आशा को दियो ले त -
उस्लाई बचाइराख्या छ ,
सपना देख्न सिकाइराख्या छ ।
अनायाश मैले दांजे त्यो रुख लाई अनी अफुलाई ...
अचम्म,
मेरै प्रतिबिम्ब मैले रुखमा पाए !
मेरै ब्यथा मैले रुखमा भेट्टाए !
- प्रबल
पर्थ , अष्ट्रेलिया
सेप्टेम्बर, २००९